‘बाहुवली’की अनुष्का कारको सौखिन

  • admin November 7, 17 9:38 am
  • Comments
  • 430 Views

हिन्दी चलचित्र ‘बाहुबली’मा देवसेनाको भुमिका निर्वाह गरेकी नायिका अनुष्का शेट्ठी कारको सौखिन् छिन् । चलचित्रमा आउनु अघि उनको नाम स्विटी थियो । उनको नाम मात्रै नभएर मान्छे पनि स्विटी नै छिन् । उनले आफ्नो सिनियर ड्राइभरलाई १२ लाख मुल्य बराबरको कार उपहार दिएकी थिइन् ।

१४० करोड सम्पत्तिको मालिक्नी अनुष्का हैदराबादको पास क्षेत्रमा जुबली हिल्समा बसोबास गर्छिन् । उनी अहिले एउटा चलचित्रमा काम गरेवापत पाँच करोडसम्म पारिश्रमिक लिन्छिन् । लक्जरी कारकी सौखिन अनुष्कासँग अहिले केही ब्राण्डेड कार छ ।

‘एमबीएस ज्वेलर्स, द चेन्नई सिल्क, इन्टेक्स मोबाइल’ लगायतका विज्ञापनमा उनले मोडलिङ समेत गरेकी छिन् ।अभिनयमा आउनु अघि उनी योगा प्रशिक्षक थिइन् । उनको परिवारका अन्य कुनै पनि सदस्य चलचित्रमा आबद्ध छैनन् । योग प्रशिक्षक भरत ठाकुरसँग काम गर्ने क्रममा एक निर्देशकले उनलाई चलचित्र खेल्ने प्रस्ताव राखेका थिए ।

दक्षिण भारतका लोकप्रिय कमेडियन अली बाशाले हिन्दी चलचित्र ‘जिरो साइज’ को अडियो लञ्चको अवसरमा उनको बारेमा भद्दा कमेन्ट गरेका थिए । उनले भनेका थिए कि-‘अनुष्का शेट्ठी गरम जुलेवी जस्तै हुन्, जो कोही खान चाहन्छ ।’

अनुष्का र प्रभासले केही चलचित्रमा एकसाथ काम गरेका छन् । यहि कारण उनीहरुको अफेयरको हल्ला समेत चल्यो । यतिसम्मकी उनीहरुले विवाह गर्न लागेको चर्चा समेत चल्यो । तर, अन्तिममा दुबैले आफुहरु साथी मात्रै भएको धारणा सार्वजनिक गरे ।

  • न्युज

न्युज

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ९ अर्ब बजेट

नागरिक उड्डयन प्राधिकरण(क्यान)ले यो वर्षका लागि ४५ अर्ब १७ करोडको बजेट स्वीकृत गरेको छ। देशभरका विमानस्थल...

तीन-चार वर्षभित्रमा गरिबी अन्त्य गर्ने अभियानमा सरकार : अर्थमन्त्री खतिवडा

अर्थमन्त्री डा युवराज खतिवडाले तीन-चार वर्षभित्रमा निरपेक्ष गरिबी अन्त्य गर्ने अभियान सञ्चालन गर्ने बताएका छन् । ...

मेस्सीले अर्जेन्टिनाबाट नखेल्ने

स्पेनिस क्लव बार्सिलोनाबाट व्यवसायिक फुटबल खेलिरहेका अर्जेन्टाइन स्टार लियोनल मेस्सीले आफ्नो देशबाट नखेल्ने भएका छन् ।...

आजबाट टाटा मोटर्स कार मेला सिजन–६ सुरु

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले बार्षिक रुपमा आयोजना गर्दै आइरहेको टाटा मोटर्स...

म्याग्दी र मुस्ताङका दुई जलविधुत् आयोजना बन्द

बाढीले बाँधमा क्षति पुर्याएपछि म्याग्दी र मुस्ताङका दुई जलविधुत् आयोजना बन्द भएका छन् । बाढीले असर...