चितवनको सौराहामा एन्फाको विशेष साधारणसभा

  • admin August 15, 18 1:34 pm
  • Comments
  • 36 Views

अखिल नेपाल फुटबल सङघ एन्फाको विशेष साधारणसभा बुधबार बिहानदेखि चितवनको सौराहामा शुरु भएको छ । विशेष साधारणसभा विधान संशोधनमा केन्द्रित हुनेछ ।

राष्ट्रिय खेलकूद परिषद् राखेपले विधान संशोधनको विषयलाई सूचीबाट हटाउन निर्देशन दिएपनि त्यसलाई एन्फाले पूर्णरूपमा स्वीकार नगर्ने देखिएको छ ।

देश सङ्घीय संरचनामा गएपछि त्यहीअनुसार आफ्नो ऐन–नियम बनाइरहेका कारण एन्फालाई तत्काल संरचनागत विषयमा कुनै निर्णय नगर्न राखेपले निर्देशन दिएको थियो ।

मंगलबार साँझ बसेको एन्फा केन्द्रीय समितिको बैठकले परिषद्को सुझावलाई ग्रहण गर्दै परिमार्जनसहितको विधान मस्यौदा साधारणसभामा प्रस्तुत गर्ने निर्णय गरेको प्रवक्ता किरण राईले जानकारी दिए ।

एन्फाले प्रदेश तदर्थ समिति गठन, जिल्ला, क्लबको मताधिकार, आर्थिक नियमावली, कर्मचारी नियमावली, एन्फा सञ्चालन नियमावली र एन्फाका अन्य अल्पकालीन र दीर्घकालीन योजना प्रस्तुत गर्ने तयारी गरेको छ ।

विशेष साधारणसभामा ४५ जिल्ला सङ्घ, १४ ए डिभिजन क्लब, नौ बी डिभिजन क्लब, पाँच सी डिभिजन क्लबबाट महिला, खेलाडी, प्रशिक्षक, रेफ्रीलगायत ३०० प्रतिनिधिको सहभागिता छ ।

 

  • न्युज

न्युज

सार्वजनिक सवारी साधनले पालना गरेनन् फोहोर नफाल्ने नियम

छोटो तथा लामो दूरीमा चल्ले बसबाट यात्रा गर्ने क्रममा झ्यालबाट सडकमा पानीका बोतल, चाउचाउ, बिस्कुटका खोल...

नबिकेपछि सिमेन्ट सित्तैमा

गुणस्तरिय उत्पादन भन्दा पनि बढी एस्पोजर खोज्ने सामान बिक्न छोडे पछि सित्तैमा दिएको उदारण कहिले काही...

लिभरपुलको लगातार दोस्रो जित

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ। सिजनको आफ्नो दोस्रो खेलमा लिभरपुलले सोमबार...

जापानी कार कम्पनी निसानले चीनमा ९० करोड डलरको लगानी गर्ने

जापानी कार निर्माता निसानले चीनमा ९० करोड डलर लगानी गर्ने भएको छ। उसले चीनमा आफ्नो नयाँ...

राजनीति कर्मचारी दरबन्दी र मर्यादाक्रमबारे राष्ट्रपतिलाई जानकारी

राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी...