नारायणगढ पूल्चोकदेखि गोन्द्राङसम्मको सडकखण्ड ६ लेन बनाइँदै

  • admin August 15, 18 1:49 pm
  • Comments
  • 40 Views

पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने चितवनको नारायणगढ पूल्चोकदेखि गोन्द्राङसम्मको सडकलाई ६ लेनको बनाउने गरी काम अघि बढिरहेको छ ।
भरतपुर र नारायणगढ क्षेत्रमा पर्ने यो सडकमा अत्याधिक सवारी चाप बढेको र दुर्घटनासमेत बढ्न थालेकोले सडक विस्तार गरी ६ लेनको बनाउने काम अघि बढाइएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
सडक विस्तारका लागि सर्भेको काम मंगलबारबाट सुरु भएको छ भने, डीपीआर बनाउने काम भैरहेको छ । यो हप्ता भित्र नै सडकको डीपीआर बनेर सडक विभागमा पेश गर्ने तयारी भएको डिभिजन प्रमुख धर्मेन्द्र झाले बताएका छन् ।
करिब एक अर्वको लागतमा निर्माण गर्न लागिएको सडकको वीचमा ७र७ मिटरको हाइवे ट्रयाक, ५र५ मिटरको सर्भिस ट्रयाक, ३ देखि ४ मिटरको फुटपाथ निर्माण गरिनेछ ।
साथैं ग्रिनरीको समेत व्यवस्था गरिने सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख धर्मेन्द्र झाले जानकारी दिएका छन् । गोन्द्राङदेखि पूल्चोकसम्म ४ किलोमिटर छ । यो सडकमा अहिले चौंविसकोठी, भरतपुर आरोलो र बजार क्षेत्रमा ४ लेन छ ।
गोन्द्राङ क्षेत्रदेखि केन्द्रीय बस टर्मिनलचोकसम्म दुई लेन छ । केन्द्रीय वस टर्मिनलदेखि रिजालचोकसम्म ४ लेन छ । दुईलेन भएको स्थानमा ४ लेन र ४ लेन भएको स्थानमा २ लेन थपिने डिभिजन प्रमुख झाले जानकारी दिए । दशैं लगत्तै निर्माणको काम अघि बढ्ने छ । यो बीचमा टेण्डर लगायतका सवै काम सक्ने योजना छ । ‘सडक विस्तारका लागि रुखहरु काट्ने काम भैरहेको छ, सँगसँगैं सर्भेको काम पनि अघि बढिरहेको छ,’ डिभिजन प्रमुख झाले भने, ‘साइड क्लियरेन्समा कुनै समस्या छैन, काम फटाफट अघि बढ्छ ।’
पूर्वपश्चिम राजमार्गको नारायणगढ पूल्चोकदेखि लोथरसम्म सडकसिमा ५० मिटर चौंडाई क्लियर भएको प्रमुख झाले बताए । सडक निर्माणको ‘इनिसियसन’ भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले लिइरहेकी छन् ।
नारायणगढ बुटवल सडकखण्डलाई ६ लेनको बनाउने गरी काम अघि बढिरहेका बेला त्यसको एक खण्डका रुपमा यसलाई पनि विस्तार गर्न लागिएको हो ।

  • न्युज

न्युज

नबिकेपछि सिमेन्ट सित्तैमा

गुणस्तरिय उत्पादन भन्दा पनि बढी एस्पोजर खोज्ने सामान बिक्न छोडे पछि सित्तैमा दिएको उदारण कहिले काही...

लिभरपुलको लगातार दोस्रो जित

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ। सिजनको आफ्नो दोस्रो खेलमा लिभरपुलले सोमबार...

जापानी कार कम्पनी निसानले चीनमा ९० करोड डलरको लगानी गर्ने

जापानी कार निर्माता निसानले चीनमा ९० करोड डलर लगानी गर्ने भएको छ। उसले चीनमा आफ्नो नयाँ...

राजनीति कर्मचारी दरबन्दी र मर्यादाक्रमबारे राष्ट्रपतिलाई जानकारी

राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी...

नेपाल–भारत संयुक्त कृषि कार्यसमूहको सातौं बैठक

नेपाल –भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य, कृषि अनुसन्धान तथा विकास,...