सीपीएलमा पनि चम्किए सन्दीप, उत्कृष्ट बलिङ

  • admin August 16, 18 12:00 pm
  • Comments
  • 38 Views

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटमा उत्कृष्ट बलिङ गर्दै २ विकेट लिएका छन् । सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सबाट तेस्रो खेल खेलेका सन्दीपले जमैका टाल्लावाहसविरुद्ध २ विकेट लिन सफल भएका हुन् ।

आज बिहान भएको खेलमा सन्दीपले सीपीएलमा शानदार बलिङ गरे । आफ्नो तेस्रो खेलमा पनि उत्कृष्ट बलिङ गर्दै सन्दीपले विकेट लिन सफल भए । उनले ४ ओभर बलिङ गर्दै २१ रन खर्चेर २ विकेट लिएका हुन् ।

सन्दीपले एकै ओभरमा २ विकेट लिएका थिए । उनले आफ्नो दोस्रो ओभर तथा खेलको ६.२ ओभरमा प्याट्रियट्सलाई पहिलो विकेट दिलाएका थिए । उनले केन्नार लुविसलाई ४९ रनमा आउट गराएका थिए । त्यस्तै, यसै ओभरको चौथो बलमा पनि एन्ड्रे म्याक्कार्थीलाई शुन्य रनमै एल्बीडब्लु आउट गरे ।

सन्दीपले जारी सीपीएलमा ३ खेलबाट ५ विकेट लिई सकेका छन् । यसअघि उनले पहिलो खेलमा २ र दोस्रो खेलमा १ विकेट लिएका थिए । एजेन्सी ।

  • न्युज

न्युज

सार्वजनिक सवारी साधनले पालना गरेनन् फोहोर नफाल्ने नियम

छोटो तथा लामो दूरीमा चल्ले बसबाट यात्रा गर्ने क्रममा झ्यालबाट सडकमा पानीका बोतल, चाउचाउ, बिस्कुटका खोल...

नबिकेपछि सिमेन्ट सित्तैमा

गुणस्तरिय उत्पादन भन्दा पनि बढी एस्पोजर खोज्ने सामान बिक्न छोडे पछि सित्तैमा दिएको उदारण कहिले काही...

लिभरपुलको लगातार दोस्रो जित

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ। सिजनको आफ्नो दोस्रो खेलमा लिभरपुलले सोमबार...

जापानी कार कम्पनी निसानले चीनमा ९० करोड डलरको लगानी गर्ने

जापानी कार निर्माता निसानले चीनमा ९० करोड डलर लगानी गर्ने भएको छ। उसले चीनमा आफ्नो नयाँ...

राजनीति कर्मचारी दरबन्दी र मर्यादाक्रमबारे राष्ट्रपतिलाई जानकारी

राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी...