मेस्सीले अर्जेन्टिनाबाट नखेल्ने

  • admin August 17, 18 1:32 pm
  • Comments
  • 28 Views

स्पेनिस क्लव बार्सिलोनाबाट व्यवसायिक फुटबल खेलिरहेका अर्जेन्टाइन स्टार लियोनल मेस्सीले आफ्नो देशबाट नखेल्ने भएका छन् । विश्वकपमा आफ्नो टिमले भोगेको अप्रत्यासित हारबाट विचलित भएका मेस्सीले कम्तीमा सन् २०१८ भर नखेल्ने समाचार आएको छ ।

विश्वकपको प्रिक्वार्टरफाइनलबाटै बाहिरिएपछि मेस्सीले तत्काल सन्यास लिने अनुमान गरिएको थियो । तर लिएनन् । उनले सन् २०१६ मा पनि सन्यास लिएका थिए ।

मेस्सीले अर्जेन्टिनाबाट १२८ खेलबाट ६५ गोल गरिसकेका छन् । ३१ वर्षे मेस्सी पाँच पटकका बालोन डी ओर विजेता हुन् ।

मेस्सीले कम्तीमा सन् २०१८ भर नखेल्ने गरेको निर्णयले अर्कोवर्ष सन्यास लिने अनुमान गर्न थालिएको छ । मेस्सीका समर्थक भने अहिले आएर आश्चर्यमा परेका छन् ।

 

  • न्युज

न्युज

सार्वजनिक सवारी साधनले पालना गरेनन् फोहोर नफाल्ने नियम

छोटो तथा लामो दूरीमा चल्ले बसबाट यात्रा गर्ने क्रममा झ्यालबाट सडकमा पानीका बोतल, चाउचाउ, बिस्कुटका खोल...

नबिकेपछि सिमेन्ट सित्तैमा

गुणस्तरिय उत्पादन भन्दा पनि बढी एस्पोजर खोज्ने सामान बिक्न छोडे पछि सित्तैमा दिएको उदारण कहिले काही...

लिभरपुलको लगातार दोस्रो जित

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ। सिजनको आफ्नो दोस्रो खेलमा लिभरपुलले सोमबार...

जापानी कार कम्पनी निसानले चीनमा ९० करोड डलरको लगानी गर्ने

जापानी कार निर्माता निसानले चीनमा ९० करोड डलर लगानी गर्ने भएको छ। उसले चीनमा आफ्नो नयाँ...

राजनीति कर्मचारी दरबन्दी र मर्यादाक्रमबारे राष्ट्रपतिलाई जानकारी

राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी...