तीन-चार वर्षभित्रमा गरिबी अन्त्य गर्ने अभियानमा सरकार : अर्थमन्त्री खतिवडा

  • admin August 17, 18 3:09 pm
  • Comments
  • 273 Views

अर्थमन्त्री डा युवराज खतिवडाले तीन-चार वर्षभित्रमा निरपेक्ष गरिबी अन्त्य गर्ने अभियान सञ्चालन गर्ने बताएका छन् ।  लघुवित्त संघ नेपालले यहाँ शुक्रबार आयोजना गरेको ‘लघुवित्त कार्यशाला गोष्ठी’को उद्घाटन गर्दै उनले सरकारले गरिबीलाई उत्पादनसँग जोडेर निरपेक्ष गरिबी अन्त्य गर्ने अभियान सञ्चालन गर्ने बताएका हुन् ।

“कर्जाको आकार बढाएर गरिबीलाई उत्पादन र सीपलाई जोड्न गइरहेका छौँ”, उनले भने, “हामी समृद्धिको यात्रामा रहेकाले निरपेक्ष गरीब अन्त्य गरेर अगाडि बढ्दैछौँ ।” उनले स्थानीय तहसँग मिलेर लघुवित्तले गरिबी हटाउन भूमिका खेल्नुपर्ने बताए  । उनले लघुवित्त संस्थाले सदस्य सङ्ख्या धेरै बनाएर सर्वसाधारणलाई गरीबमै राख्नुभन्दा थोरैमा धेरै लगानी गरेर उनीहरुको जीवनस्तर माथि उठाउन पहल गर्नुपर्नेमा जोड दिए । उनले साना व्यवसायलाई बैंकले लगानी नगर्ने भएकाले लघुवित्तले नै लगानी गरेर सहयोग गरिरहेकोसमेत बताए ।

मन्त्री खतिवडाले लघुवित्तले उद्यमशीलतासँगै पूँजीमा लगानी गर्नुपर्नेमा जोड दिए । महिला सशक्तीकरणका लागि लघुवित्तले लगानी बढाए, मुलुकले आर्थिक परिवर्तनको पाइला टेक्ने बताउँदै मन्त्री खतिवडाले उद्यमशीलतामा लगानी बढाउँदा लघुवित्तलाई कानूनी र प्राविधिक समस्या परे सरकारले सहयोग गर्न तयार रहेको जानकारी गराए ।

अर्थमन्त्री खतिवडाले मुलुकमा ७० प्रतिशतभन्दा बढी गरीब तथा साना परिवार रहेको उल्लेख गर्दै तीनलाई माथि उकास्न लघुवित्तले लगानीलाई प्राथमिकता दिनुपर्ने बताए । आर्थिक उन्नतिलाई माथि उकास्न सरकार लागिपरेको भन्दै उनले भने, “साना तथा मझौला व्यवसायले कूल गार्हस्थ उत्पादनको ९० प्रतिशत सहयोग पुर्‍याएका छन् । त्यसैले ती व्यवसायमा लघुवित्तले लगानी गर्नुपर्दछ ।”

उनले लघुवित्तमाथि लागेको आरोपलाई झूठो सावित गरेर जानुपर्ने भन्दै भूकम्पपछि अर्थतन्त्रमा केही धक्का लागे पनि अहिले पुनःस्थापित हुन थालेकोसमेत जानकारी गराए ।

कार्यक्रममा लघुवित्त सङ्घका अध्यक्ष पदमना शाक्यले गाउँघरका स्रोतसाधन र सीपलाई परिचालन गर्नेगरी ऋण प्रवाह गर्ने बताए ।    उनले लघुवित्तले महिलालाई सशक्तीकरण गर्न सहयोग गरिरहेकोसमेत बताए ।

 

  • न्युज

न्युज

सार्वजनिक सवारी साधनले पालना गरेनन् फोहोर नफाल्ने नियम

छोटो तथा लामो दूरीमा चल्ले बसबाट यात्रा गर्ने क्रममा झ्यालबाट सडकमा पानीका बोतल, चाउचाउ, बिस्कुटका खोल...

नबिकेपछि सिमेन्ट सित्तैमा

गुणस्तरिय उत्पादन भन्दा पनि बढी एस्पोजर खोज्ने सामान बिक्न छोडे पछि सित्तैमा दिएको उदारण कहिले काही...

लिभरपुलको लगातार दोस्रो जित

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ। सिजनको आफ्नो दोस्रो खेलमा लिभरपुलले सोमबार...

जापानी कार कम्पनी निसानले चीनमा ९० करोड डलरको लगानी गर्ने

जापानी कार निर्माता निसानले चीनमा ९० करोड डलर लगानी गर्ने भएको छ। उसले चीनमा आफ्नो नयाँ...

राजनीति कर्मचारी दरबन्दी र मर्यादाक्रमबारे राष्ट्रपतिलाई जानकारी

राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी...