सिरि—ए मा युभेन्टसको नाटकीय जित

  • admin August 19, 18 10:23 am
  • Comments
  • 32 Views

विश्व चर्चित खेलाडी क्रिष्टियानो रोनाल्डो आवद्ध टिम युभेन्टसले सिरि—ए मा पहिलो जित निकाल्दै सुखद सुरुवात गरेको छ । शनिबार युभेन्टस र चिइभोले सिरि—ए को उद्घाटन खेल खेलेका थिए । चिइभोमाथि युभेन्टसले नाटकीय रुपमा जित हात पारेको हो । खेलमा युभेन्टसले चिइभोलाई ३—२ गोल अन्तरले पराजित गर्नेक्रममा युभेन्टसका फेड्रिको र्बेनारडेस्चीले खेलको ९३ औं मिनेटमा गोल गर्दै जिताएका थिए ।

रोनाल्डो आवद्ध टिम युभेन्टसले जित हात पारेपनि रोनाल्डोले भने गोल गर्न सकेनन् । युभेन्टसका लागि खेलको ३ मिनेटमै सामी खेदिराले सुरुमै गोल गर्दै उत्कृष्ट सुरुवात गरेका थिए । तर, खेलको ३८ औं मिनेटमा चिइभोका मारियुस स्टेपिन्स्कीले गोल गर्दै बराबरी गरेका थिए भने खेलको ५६ औं मिनेटमा पुन चिइभोका इम्यान्युएले गाइचिरिनीले गोल गर्दै युभेन्टसलाई दबाबमा राखेका थिए ।

रोनाल्डोले पटक—पटक गरेको गोल प्रयास असफल भएको अवस्थामा चिइभोका माटिया बानीले आत्मघाती गोल गर्दै युभेन्टसका लागि सहज गरीदिएका थिए ।  त्यस्तै खेलको अतिरिक्त समयमा मिनेटमा युभेन्टसका फेड्रिको र्बेनारडेस्चीले युभेन्टसका लागि निर्णायक गोल गरेका थिए । एजेन्सी ।
 

  • न्युज

न्युज

नबिकेपछि सिमेन्ट सित्तैमा

गुणस्तरिय उत्पादन भन्दा पनि बढी एस्पोजर खोज्ने सामान बिक्न छोडे पछि सित्तैमा दिएको उदारण कहिले काही...

लिभरपुलको लगातार दोस्रो जित

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ। सिजनको आफ्नो दोस्रो खेलमा लिभरपुलले सोमबार...

जापानी कार कम्पनी निसानले चीनमा ९० करोड डलरको लगानी गर्ने

जापानी कार निर्माता निसानले चीनमा ९० करोड डलर लगानी गर्ने भएको छ। उसले चीनमा आफ्नो नयाँ...

राजनीति कर्मचारी दरबन्दी र मर्यादाक्रमबारे राष्ट्रपतिलाई जानकारी

राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी...

नेपाल–भारत संयुक्त कृषि कार्यसमूहको सातौं बैठक

नेपाल –भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य, कृषि अनुसन्धान तथा विकास,...