ला—लीगामा बार्सिलोनाको ६ हजारौं गोल पनि मेस्सीको

  • admin August 19, 18 10:27 am
  • Comments
  • 51 Views

विश्व चर्चित खेलाडी बार्सिलोनाका स्टार लियोनल मेस्सीले गएराति भएको खेलमा गोल गरेसँगै बार्सिलोनाको ला—लागीमा ६ हजारौं गोल पूरा भएको छ । मेस्सीको दुई गोल र फिलिपे कौटिन्होको एक गोलसँगै बार्सिलोनाले सहज जित निकालेको हो ।
स्पेनिस ला—लीगाको गएराति सम्पन्न खेलमा बार्सीलोनाले एलभासमाथि ३—० गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाका लागि ला—लीगामा मेस्सीले गरेको पहिलो गोल ६ हजारौं गोल हो । यसअघि ५ हजारौं गोल पनि बार्सिलोनाबाट स्टार खेलाडी मेस्सीले आठवर्ष अगाडि गरेका थिए ।

बार्सिलोना र एलभासबीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएपनि दोस्रो हाफमा एलभासको अवस्था कमजोर देखियो । जसमा खेलको ६४ औं मिनेटमा बार्साका कप्तान मेस्सीले एक गोल गर्दै टिमलाई अग्रता दिलाए भने ८३ औं मिनेटमा फिलिपे कौटिन्होले एक गोल थप्दै २—० को अग्रता बढाएको थियो ।

त्यस्तै, बार्साका लागि मेस्सीले ९२ औं मिनेटमा गरेको गोल निर्णायक गोल गरेका थिए । त्योसँगै एलभास बार्सिलोनासँग ३—० गोलले पराजित भएको छ । बार्सिलोनाका स्टार खेलाडी जापानी क्लबमा भिसेल कोवामा आवद्ध भएपछि बार्सिलोनाको कप्तानी सम्हालेका लियोनल मेस्सीले पहिलो खेलमा जित निकाल्दै सुखद सुरुवात गरेका छन् । एजेन्सी ।

  • न्युज

न्युज

सार्वजनिक सवारी साधनले पालना गरेनन् फोहोर नफाल्ने नियम

छोटो तथा लामो दूरीमा चल्ले बसबाट यात्रा गर्ने क्रममा झ्यालबाट सडकमा पानीका बोतल, चाउचाउ, बिस्कुटका खोल...

नबिकेपछि सिमेन्ट सित्तैमा

गुणस्तरिय उत्पादन भन्दा पनि बढी एस्पोजर खोज्ने सामान बिक्न छोडे पछि सित्तैमा दिएको उदारण कहिले काही...

लिभरपुलको लगातार दोस्रो जित

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ। सिजनको आफ्नो दोस्रो खेलमा लिभरपुलले सोमबार...

जापानी कार कम्पनी निसानले चीनमा ९० करोड डलरको लगानी गर्ने

जापानी कार निर्माता निसानले चीनमा ९० करोड डलर लगानी गर्ने भएको छ। उसले चीनमा आफ्नो नयाँ...

राजनीति कर्मचारी दरबन्दी र मर्यादाक्रमबारे राष्ट्रपतिलाई जानकारी

राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी...