जापानी कार कम्पनी निसानले चीनमा ९० करोड डलरको लगानी गर्ने

  • admin August 21, 18 12:39 pm
  • Comments
  • 16 Views

जापानी कार निर्माता निसानले चीनमा ९० करोड डलर लगानी गर्ने भएको छ। उसले चीनमा आफ्नो नयाँ कार प्लान्ट स्थापनाको लागि सो लगानी गर्ने भएको हो। जापानी सञ्चारमाध्यमले दिएको जानकारीअनुसार निसान पछिल्लो समय आफ्नो व्यापारिक क्षेत्रमा महत्वपूर्ण सुधारको मनसायका साथमा अघि बढेको छ।

अहिले चीनमा कम्पनीले डोङफोङ मोटर ग्रुपसँग समन्वय गरेर आफ्नो व्यापारिक सेवा विस्तार गरिरहेको हो। कुनै स्रोतलाई उल्लेख नगरी सार्वजनिक गरिएको समाचारमा अहिले चीनमा कम्पनीले गर्न लागेको लगानीले वार्षिक दुईदेखि तीन लाखसम्मको कार उत्पादन हुने बताइएको छ।

कम्पनीले अहिले सार्वजनिक गरेको योजनाअनुसार चीनको जियान्सु प्रान्तमा यस किसिमको प्लान्ट स्थापना गर्न लागिएको हो। यसले प्यासेन्जर कारको उत्पादनमा भने वार्षिकरुपमा एक लाख २० हजारको दरले वृद्धि हुनसक्ने बताइएको छ।

 

  • न्युज

न्युज

नबिकेपछि सिमेन्ट सित्तैमा

गुणस्तरिय उत्पादन भन्दा पनि बढी एस्पोजर खोज्ने सामान बिक्न छोडे पछि सित्तैमा दिएको उदारण कहिले काही...

लिभरपुलको लगातार दोस्रो जित

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ। सिजनको आफ्नो दोस्रो खेलमा लिभरपुलले सोमबार...

जापानी कार कम्पनी निसानले चीनमा ९० करोड डलरको लगानी गर्ने

जापानी कार निर्माता निसानले चीनमा ९० करोड डलर लगानी गर्ने भएको छ। उसले चीनमा आफ्नो नयाँ...

राजनीति कर्मचारी दरबन्दी र मर्यादाक्रमबारे राष्ट्रपतिलाई जानकारी

राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी...

नेपाल–भारत संयुक्त कृषि कार्यसमूहको सातौं बैठक

नेपाल –भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य, कृषि अनुसन्धान तथा विकास,...