लिभरपुलको लगातार दोस्रो जित

  • admin August 21, 18 12:42 pm
  • Comments
  • 23 Views

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ।

सिजनको आफ्नो दोस्रो खेलमा लिभरपुलले सोमबार राति क्रिस्टल प्यालेसलाई २-० गोलले हरायो। क्रिस्टल प्यालेसको मैदानमा भएको खेलमा लिभरपुलका जेम्स मिल्नर र सेडियो मानेले एक एक गोल गरे।

मिल्नरले ४५ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। लिभरपुलका लागि मानेले क्रिस्टल प्यालेसविरुद्ध खेलेका पछिल्ला अाठ प्रिमियर लिग खेलमा ६ गोल गरेका छन् जुन कुनै पनि टिमविरुद्ध उसले गरेको सर्वाधिक गोल हो।

लिभरपुलले पछिल्ला १० प्रिमियर लिग खेलमा एकमा मात्र हार ब्योहोरेको छ जसमा ६ खेलमा जित निकाल्दा ३ खेलमा बराबरी खेलेको छ। ७५ औं मिनेटमा क्रिस्टल प्यालेस १० खेलाडिमा सिमित भएको थियो। मानेले दोस्रो हाफको इन्जुरी समयमा गोल थपे। लिगको यो सिजन सुरुका दुई खेल सकिँदा केबल ६ टोलीले मात्र दुवै खेल जितेका छन्। आर्सनलले दुवै खेल र म्यानचेस्टर युनाइटेडले एउटा खेल हारेका छन्।

  • न्युज

न्युज

नबिकेपछि सिमेन्ट सित्तैमा

गुणस्तरिय उत्पादन भन्दा पनि बढी एस्पोजर खोज्ने सामान बिक्न छोडे पछि सित्तैमा दिएको उदारण कहिले काही...

लिभरपुलको लगातार दोस्रो जित

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ। सिजनको आफ्नो दोस्रो खेलमा लिभरपुलले सोमबार...

जापानी कार कम्पनी निसानले चीनमा ९० करोड डलरको लगानी गर्ने

जापानी कार निर्माता निसानले चीनमा ९० करोड डलर लगानी गर्ने भएको छ। उसले चीनमा आफ्नो नयाँ...

राजनीति कर्मचारी दरबन्दी र मर्यादाक्रमबारे राष्ट्रपतिलाई जानकारी

राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी...

नेपाल–भारत संयुक्त कृषि कार्यसमूहको सातौं बैठक

नेपाल –भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य, कृषि अनुसन्धान तथा विकास,...