घरमै नक्सा पास

  • admin December 15, 17 9:42 am
  • Comments
  • 476 Views

काठमाडौं । काठमाडौं महानगरपालिकाले डिजिटल नक्सापास सेवा सुरु गरेको छ । घरमै बसेर अनलाइनमार्फत   गराउने सेवाको आज शुक्रबार मेयर विद्यासुन्दर शाक्यले उद्घाटन गरे ।

महानगरका सेवालाई अनलाइनमा लैजाने क्रममा नक्सापास सुविधा पनि स्मार्ट प्रविधिमा लागिएको हो । अहिले स्वेच्छिक रुपमा लिन सकिने यो सेवा आगामी बैशाखबाट अनिवार्य गर्ने योजना बनाइएको शाक्यले जानकारी दिए । अब नक्सा पास गर्दा नक्सा पास गर्ने अधिकारीहरुको डिजिटल सिग्नेचर रहनेछ । महानगरले सबै नक्सा र जग्गा तथा घरधनिको विवरण डिजिटल रुपमा राख्न काम गरिरहेको छ ।

यसले महानगरमा नक्सापासका लागि विभिन्न बाहना बनाएर सेवाग्रहीसँग घुस लिनेक्रम हट्ने अपेक्षा गरिएको छ । अहिले महानगरका कर्मचारीले नक्सापास गर्दा सेवाग्राहीसँग अतिरिक्त रकम माग्ने गुनासो तीव्र छ ।अनलाइन प्रविधिमा गएपछि सेवाग्रहीसँग प्रत्यक्ष सम्वाद नहुने भएकाले अनियमितताको सम्भावना घट्ने दावी महानगरपालिकाको छ । महानगरले आफ्नो सेवालाई प्रभावकारी नाउन गतवर्ष बाटै अनलाइन ‘मार्स’ सिस्टम तयार गरेर सञ्चालनमा ल्याएको थियो ।

तर, प्रभावकारी कार्यान्वयन नहुँदा अहिले पनि महानगरले अनलाइन सेवा चुस्त रुपमा दिन सकेको छैन । महनगपालिकाको वेबसाइटमा आफ्नो युजर दर्ता गराएर नक्साासको फारम डाउनलोड गरी भरेपछि त्यसैमा अपलोड गर्न सकिन्छ । त्यसका लागि नक्सापास गर्दा चाहिने सबै कागजातको प्रतिलिपि पनि अपलोड गर्नुपर्छ ।

अपलोड भएका नक्सालाई महानगरले छानविन गरेर अनलाइनाटै पास गर्न सक्ने व्यवस्था गरिएको छ । आफ्नो फाइल कुन शाखामा पुगेर कुन चरणको कारवाही प्रक्रियामा छ भन्ने पनि हेर्न सकिनेछ । अनलाइन सुविधा लिन अब नक्सा बनाउँदा डिजिटल नक्सा भने बनाउनुपर्ने छ ।

  • न्युज

न्युज

नबिकेपछि सिमेन्ट सित्तैमा

गुणस्तरिय उत्पादन भन्दा पनि बढी एस्पोजर खोज्ने सामान बिक्न छोडे पछि सित्तैमा दिएको उदारण कहिले काही...

लिभरपुलको लगातार दोस्रो जित

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ। सिजनको आफ्नो दोस्रो खेलमा लिभरपुलले सोमबार...

जापानी कार कम्पनी निसानले चीनमा ९० करोड डलरको लगानी गर्ने

जापानी कार निर्माता निसानले चीनमा ९० करोड डलर लगानी गर्ने भएको छ। उसले चीनमा आफ्नो नयाँ...

राजनीति कर्मचारी दरबन्दी र मर्यादाक्रमबारे राष्ट्रपतिलाई जानकारी

राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी...

नेपाल–भारत संयुक्त कृषि कार्यसमूहको सातौं बैठक

नेपाल –भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य, कृषि अनुसन्धान तथा विकास,...